माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुँदै

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुँदै
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २, शुक्रबार ०८:२०
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजवाट सुरू हुँदैछ।

बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम पुगेका छन्।

ADVERTISEMENT

अध्यक्ष प्रचण्डसहितका नेताहरू धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन्।

यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार ०८:२०
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !