वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १, बिहीबार १५:११
वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

पर्सा : अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।

वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ ।

ADVERTISEMENT

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १, बिहीबार १५:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !