विद्यालय भवन निर्माणमा लापरवाही नगर्न डा. राउतको चेतावनी

विद्यालय भवन निर्माणमा लापरवाही नगर्न डा. राउतको चेतावनी
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ३०, मंगलवार १४:०७
विद्यालय भवन निर्माणमा लापरवाही नगर्न डा. राउतको चेतावनी

राजविराज : सप्तरीको कंचनरूप नगरपालिका–८ स्थित श्री पब्लिक आधारभूत विद्यालय, नन्दलाल टोलमा दुई कोठे विद्यालय भवन निर्माण कार्य सुरु गरिएको छ।

कुल लागत २५ लाख रुपैयाँ अनुमान गरिएको उक्त भवनको शिलान्यास मंगलवार जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतले गरेका हुन्।

ADVERTISEMENT

शिलान्यास कार्यक्रममा बोल्दै डा. राउतले निर्माण कार्य गुणस्तरीय र समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए। उनले भने, “निर्माण कार्यमा कुनै लापरवाही वा ढिलाइ सह्य हुनेछैन। यदि काम राम्रो भएन भने म कसैलाई पनि नछोड्ने चेतावनी दिन्छु।”

कार्यक्रममा जनमत पार्टीका क्षेत्रीय इन्चार्ज शिवनन्दन मेहता, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

नयाँ भवन निर्माण भएपछि विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १४:०७

तपाईको प्रतिक्रिया !