महोत्तरीमा पुर्वमन्त्री चन्दन सिंहद्वारा निर्माणाधीन योजनाको अनुगमन

महोत्तरीमा पुर्वमन्त्री चन्दन सिंहद्वारा निर्माणाधीन योजनाको अनुगमन
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २९, सोमबार ०९:२८
महोत्तरीमा पुर्वमन्त्री चन्दन सिंहद्वारा निर्माणाधीन योजनाको अनुगमन

जनकपुरधाम : जनमत पार्टीका महासचिव तथा पूर्व श्रम तथा यातायात मन्त्री चन्दन सिंहले महोत्तरी निर्वाचन क्षेत्र नं.३ मा आइतबार विभिन्न विकास योजनाहरुको अनुगमन निरीक्षण गरेका छन्।

उक्त क्षेत्रका विभिन्न निर्माणाधीन कार्यहरुको अवस्था जाँच्न र ती योजनाहरुको प्रगति बारे जानकारी लिन विभिन्न स्थानमा पुगेका थिए।

ADVERTISEMENT

सिंहले मधेश प्रदेश सरकारको लगानीमा सञ्चालित विभिन्न योजनाहरुको स्थलगत निरीक्षण गर्दै ती योजनाहरुको समयसीमा र गुणस्तरको अवस्था बुझेका छन्।

उनले सम्बन्धित विभागका अधिकारीहरूसँग योजनाको प्रगति र सम्भावित समस्याहरुको समाधानको बारेमा छलफल पनि गरेका छन्।

चन्दन सिंहले महोत्तरीमा रहेका सडक,सामुदायिक भवन अन्य आधारभूत पूर्वाधारका विकास परियोजनाहरुको अनुगमन गर्दै, प्रदेश सरकारले जारी गरेका विकास कार्यहरुलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

उनले मधेश प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने योजना र कार्यक्रमहरुको महत्वलाई पनि रेखांकित गरे।

अनुगमनको क्रममा सिंहले स्थानीय जनताको माग र अपेक्षाहरुको बारेमा पनि बुझ्ने प्रयास गरेका छन् र प्रदेश सरकारले यसका लागि थप योजनाहरु ल्याउने वचन दिएका छन्।

सिंहसँगै पार्टीका जिल्ला इन्चार्ज बिरेन्द्र मण्डलसहित नेताकार्यकर्ताहरु र स्थानिय नेतृत्वहरु पनि अनुगमनमा सहभागी थिए।

प्रकाशित मिति: २०८२ बैशाख २९, सोमबार ०९:२८

तपाईको प्रतिक्रिया !