गैर आवासीय मधेशी संघ तीन महिनाभित्र पुनर्गठन हुने

गैर आवासीय मधेशी संघ तीन महिनाभित्र पुनर्गठन हुने
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २९, सोमबार ०८:४४
गैर आवासीय मधेशी संघ तीन महिनाभित्र पुनर्गठन हुने

जनकपुरधाम : जनमत पार्टीको शुभेच्छुक संस्था गैर आवासीय मधेशी संघ तीन महिनाभित्र पुनर्गठन हुने भएको छ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले आइतबार विज्ञप्ति निकालेर तीन महिनाभित्र अन्तर्राष्ट्रिय समिति पुनर्गठन गर्ने बताएका हुन्।

ADVERTISEMENT

आइतबार बसेको सचिवालय बैठकले गैरआवासीय मधेशी संघ (एनआरएमए) पुनर्गठन गर्ने निर्णय गरेको पनि उनले बताएका छन्।

यस शुभेच्छुक संस्थाका गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका अध्यक्ष श्याम महतो छन्।

‘आइतबारको दिन केन्द्रीय सचिवालय समितिको निर्णयानुसार एनआरएमए अन्तर्राष्ट्रिय समितिमा विभिन्न समस्याहरू देखिएकोले सोको लागि विभिन्न देशका इन्चार्जहरू तथा अन्तर्राष्ट्रिय समितिको बैठक बसी आवश्यक छलफल गरी अन्तर्राष्ट्रिय समितिलाई प्रभावकारी बनाउनका लागि ३ महिनाभित्र पुर्नगठन हुनेबारे जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २९, सोमबार ०८:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !