अदालतका कर्मचारी दुई लाख घुससहित पक्राउ

अदालतका कर्मचारी दुई लाख घुससहित पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार २२:३२
अदालतका कर्मचारी दुई लाख घुससहित पक्राउ

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीको कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।

मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्पुयटर अपरेटर रामलखन बनियाँलाई अख्तियारले घुस सहित पक्राउ गरेको स्रोतले बतायो।

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको प्रमुख विनिता भट्टराईले अदालतको कर्मचारीलाई घुस सहित पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताइन्। अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरबाट घुससहित नियन्त्रणमा लिइएको हो।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार २२:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !