विद्यार्थी जनमत संघद्वारा जनकपुरमा भोलि विद्यार्थी भेला

विद्यार्थी जनमत संघद्वारा जनकपुरमा भोलि विद्यार्थी भेला
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार १७:३६
विद्यार्थी जनमत संघद्वारा जनकपुरमा भोलि विद्यार्थी भेला

जनकपुरधाम : जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत संघ धनुषाले भोलि जनकपुरधाममा विद्यार्थी भेला गर्न लागेका छन् ।

विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवका अनुसार भोलि ( बुधबार ) जनकपुरधामको रामनन्द चौकस्थित होटेल सिटि प्यालेसमा दिउँसो १ बजे विद्यार्थी भेला तथा सम्मान कार्यक्रमको आयोजना गर्न लागेको छ।

कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचीव बीपी साहको प्रमुख आतिथ्य हुनेछ ।

प्रमुख अतिथिको रूपमा जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह उपस्थित हुनेछन्।

विद्यार्थीहरूको सशक्तिकरण र जनमत पार्टीको विद्यार्थी संगठनको गतिविधिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष यादवले बताए ।

भेलाले विद्यार्थीहरूको राजनीतिक चेतना र सक्रियता अभिवृद्धि गर्ने अपेक्षा गरिएको विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य सशिकान्त मण्डलले भने ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १७:३६

तपाईको प्रतिक्रिया !