नेकपा एमाले अधिवेशनमा विवाद पाँच जना घाइते

नेकपा एमाले अधिवेशनमा विवाद पाँच जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार १६:५४
नेकपा एमाले अधिवेशनमा विवाद पाँच जना घाइते

जनकपुरधाम : नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनमा दुई नेताबीचको गुटीय विवादले उग्र रुप लिँदै झडपमा परिणत भएको छ।

झडपमा पाँच जना घाइते भएका छन्, जसमा दुई नेताको टाउको समेत फुटेको छ।

मुख्यविवाद अधिवेशनको अन्तिम नामावली प्रकाशन सम्बन्धी थियो।

भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी हुन् । दुवै पक्षबीच बिहानैदेखि तनाव छ ।

कुर्सी हानाहानसमेत भएको घटनामा सत्यनारायण महासेठ, महेश दास, र निवर्तमान अध्यक्ष राजकिशोर यादव समेत घाइते भएका छन्।

सोमबार राति नै मनोनयन दर्ता भएपछि अन्तिम नामावलीमा नाम थपघट देखिएको विषयमा विवाद सुरु भएको बताइएको छ। निर्वाचन समितिमाथि असन्तुष्ट कार्यकर्ताहरूले आक्रमणसमेत गरे।

  • उम्मेदवारी विवरण:
  • अध्यक्ष पदमा: भोला यादव र लक्ष्मीनारायण यादव
  • उपाध्यक्ष: जयप्रकाश सुनरैत यादव, तेजनारायण यादव
  • सचिव: दिप नारायण ठाकुर (दिपन), धिरेन्द्रकुमार मण्डल
  • उपसचिव: विक्रम थापा, सुरेश ठाकुर, हरि किशोर यादव
  • महिला उपसचिव: किरण कापर, रुका कुमारी मिश्र, सारदा घिसिङ

निर्वाचनबाट ५ पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने योजना थियो। तर विवादका कारण आज बिहान ८:३० बजेबाट सुरु हुने भनिएको मतदान स्थगित भएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १६:५४

तपाईको प्रतिक्रिया !