आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक विदा

आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक विदा
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार ०७:५६
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक विदा

जनकपुरधाम : आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।

वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।

जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ ।

त्यसैगरी,जानकी सेना तथा समस्त मिथिलाबासीले आज साझा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरेको जानकी सेना पदाधिकारी राम स्वराजले बताए ।

जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार ०७:५६

तपाईको प्रतिक्रिया !