मधेश प्रदेश​ प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश​ प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८२ बैशाख २१, आईतवार २३:२२
मधेश प्रदेश​ प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

जनकपुरधाम : नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा भएको छ ।

गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डिआईजी) हरुको काज सरुवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् ।

ADVERTISEMENT

सोही क्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्साल काठमाडौंमा कार्यरत डिआईजी उमाप्रसाद चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम काज सरुवा गरिएको छ ।

यसअघि उमाप्रसाद चतुर्वेदी सिरहाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) बनेर गइसकेका छन् । उनी मधेश प्रदेशको राजनीति, भूपरिवेश, त्यहाँ भए गरेका घटना तथा प्रदेशबारे राम्रो जानकार भएकाले उनलाई यहाँ सरुवा गरिएको बताइएको छ ।

​मधेश प्रदेशमा होस् वा सीआईबीमा उनले आफ्नो कार्यकालमा एउटा कुशल नेतृत्वको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । त्यसैले पनि डीआईजी​ उमाप्रसाद चतुर्वेदीलाई मधेश प्रदेशमा सरुवा गर्दा प्रदेशमा हाल भड्केको द्वन्द्व अन्त्य भई शान्ति सुरक्षा कायम हुने आशा गरेर त्यहाँ पठाइएको अड्कल लगाउन सकिन्छ ।

प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार २३:२२
बिपीनकुमार यादव

बिपीनकुमार यादव

लेखक


तपाईको प्रतिक्रिया !