पुर्वमन्त्री चौधरी जनमत पार्टीमा प्रवेश

पुर्वमन्त्री चौधरी जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २१, आईतवार २०:०६
पुर्वमन्त्री चौधरी जनमत पार्टीमा प्रवेश

कपिलवस्तु : कपिलवस्तुका दिग्गज राजनैतिककर्मी पुर्वमन्त्री दान बहादुर चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार जनमत पार्टी कपिलवस्तुले मायादेवी गाउँपालिकाको पकरी चौकस्थित युके होटलमा आयोजित अगुवा नेताकार्यकर्ता भेटघाट कार्यक्रममा कपिलवस्तुका पुर्वमन्त्री चौधरी र पिछडावर्गका राष्ट्रिय उपाध्यक्ष विनोद चौधरी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

ADVERTISEMENT

उनी दुबैजनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा माला लगाएर स्वागत गरेका छन् ।

साथै,पुर्वमन्त्री चौधरी र उपाध्यक्ष चौधरीलाई पार्टी अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गरिएको जनमत पार्टी लुम्बिनी प्रदेशका संसदीय दलका नेता पुर्व समाजिक विकास मन्त्री सीके गुप्ताले जानकारी दिए।

उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख नरेन्द्र चौधरीसहित पार्टीका अगुवा नेताकार्यकर्ताहरिको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार २०:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !