सभामुख मण्डलद्वारा तीन वटा योजना शिलान्यास

सभामुख मण्डलद्वारा तीन वटा योजना शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १९, शुक्रबार १४:००
सभामुख मण्डलद्वारा तीन वटा योजना शिलान्यास

जनकपुरधाम : मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले तीन वटा योजनाको शिलान्यास गरेका छन् ।

शुक्रबार प्रदेशका सभामुख मण्डलले प्रदेश सभामा निर्माण हुन लागेको योजनाहरुको शिलान्यास गरेका हुन् ।

तीन वटै योजना निर्माणको लागत एक करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । प्रदेश सभाको मुख्य प्रवेशद्धार निर्माण गर्न करिब ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी प्रवेशद्धारहरु निर्माण गर्न २० लाख रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी प्रदेश सभा परिषरमा ‘वाटर फाउन्टेन’ निर्माण गर्न करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । अहिले करिब एक करोड १० लाखको लागत अनुमानमा योजनाहरुको निर्माण शुरु गरिएको छ ।

यसले प्रदेश सभाको शौन्दर्यकरणमा सहयोग पुग्ने विश्वास गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १४:००

तपाईको प्रतिक्रिया !