जसपा नेपालकी नेत्री डा.यादव ‘पेस्तोल’ पड्काउँदै नाचेको भिडिओ सार्वजनिक भएपछि बोलायो प्रहरीले

जसपा नेपालकी नेत्री डा.यादव ‘पेस्तोल’ पड्काउँदै नाचेको भिडिओ सार्वजनिक भएपछि बोलायो प्रहरीले
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १८, बिहीबार १२:४२
जसपा नेपालकी नेत्री डा.यादव ‘पेस्तोल’ पड्काउँदै नाचेको भिडिओ सार्वजनिक भएपछि बोलायो प्रहरीले

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री डा.बबिसिंह यादवलाई जिल्ला प्रहरी कार्यलय सप्तरीले सोधपुछका लागि बोलाएको छ।

सामाजिक सञ्जालमा उनले ‘पेस्तोल’ पड्काउँदै नाचेको भिडिओ सार्वजनिक भएपछि सप्तरी प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले भिडिओ सार्वजनिक भएपछि त्यसबारे बुझ्न उनलाई बोलाइएको जानकारी दिए।

‘भिडिओमा पेस्तोल पड्काएको जस्तो देखिएको छ। त्यसबारेमा के हो भनेर सोधपुछ गर्न उहाँलाई बोलाएका छौं,’ उनले भने।

बुधबार दिउँसो उनलाई प्रहरी कार्यालयमै आउन भनिएको एसपी खतिवडाले बताए।

‘उहाँले आउछु भन्नुभएको छ,’ उनले भने।

जसपा नेपालका एक नेताका अनुसार डा. सिंह पार्टीकी केन्द्रीय सदस्य हुन्। जसपाबाटै राष्ट्रिय सभा सदस्य रहेका मृगेन्द्रकुमार सिंहकी छोरी हुन्।

प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार १२:४२

तपाईको प्रतिक्रिया !