सिरहाको बसनपुरमा सयौं नेताकार्यकर्ता जनमत प्रवेश ,अध्यक्ष डा.राउतद्वारा स्वागत

सिरहाको बसनपुरमा सयौं नेताकार्यकर्ता जनमत प्रवेश ,अध्यक्ष डा.राउतद्वारा स्वागत
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ बैशाख १६, मंगलवार ०९:४२
सिरहाको बसनपुरमा सयौं नेताकार्यकर्ता जनमत प्रवेश ,अध्यक्ष डा.राउतद्वारा स्वागत

जनकपुरधाम : सिरहाको बसनपुरमा विभिन्न पार्टी परित्याग गरि पाँच सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार धनगढीमाई नगरपालिका-६ बसनपुरमा जनमत पार्टी सिरहाले आयोजना गरिएको आमासभा तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता प्रदिप महतोको नेतृत्वमा नेपाली कांग्रेस ,नेकपा एमाले ,जसपा नेपाल ,लोसपासहित विभिन्न राजनीति दलका नेताकार्यकर्ताहरुले पार्टी परित्याग गरि पाँच सय भन्दाबढी जना जनमत प्रवेश गरेका हुन् ।

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्षसमेत रहेका कार्यक्रमको प्रमुख अतिथि डा.सीके राउतले खादा,अबिरको टिकासहित पार्टीको सदस्यता प्रदान गर्दै उनीहरुलाई पार्टीमा स्वागत गरेको हो।

उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह,वन तथा वातावरण मन्त्री त्रिभुवन साह,पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत,जनमत पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादव,जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवसहितका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो।

जनमत पार्टी सिरहाका इन्चार्ज बिनोद यादवको अध्यक्षतामा भएको कार्यक्रममा हजारौं जनसमुदायको सहभागिता थियो ।

प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार ०९:४२

तपाईको प्रतिक्रिया !