बाराको कलैयाका १२ वटा अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

बाराको कलैयाका १२ वटा अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १३, शनिबार २१:२६
बाराको कलैयाका १२ वटा अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

कलैया : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाराको एक दर्जन निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन ।

बाराको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरुमा अनुगमन गर्दै मापदण्डविपरीत सञ्चालित १२ वटा अस्पताल र क्लिनिकहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरी निजी अस्पताल र क्लिनिकहरु सञ्चालित रहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सतिस सिंहले बताए ।

बाराको योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि , समाज प्रसुति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक ,स्टार डेन्टल क्लिनिकलाई र आर्शिवाद अस्पताललाइ बन्द गर्न निर्देशन दिइएको मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जनाए ।

उनका अनुसार तत्लकाल ती अस्पताल र क्लिनिकहरु बन्द गर्न सञ्चालकहरूलाई लिखित पत्र नै दिइएको छ ।

स्थानीय तहको अनुमति मात्र लिएर १५ शय्याको अस्पताल सन्चालन गरिरहेको कारणले तत्कालै बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जनायो ।

प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार २१:२६

तपाईको प्रतिक्रिया !