सप्तरीको जहदामा विद्यालय भवनको शिलान्यास

सप्तरीको जहदामा विद्यालय भवनको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १३, शनिबार ००:०५
सप्तरीको जहदामा विद्यालय भवनको शिलान्यास

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालीका-९ स्थित रहेको श्री महावीर उच्च माध्यमिक विद्यालय जहदामा दुई कोठे भवन निर्माण हुने भएको छ ।

मधेश प्रदेश सरकारबाट २५ लाखको लागतमा भवन निर्माण हुने भएको हो । शुक्रबार उक्त भवनको जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं संगठन विभाग प्रमुख डा.जय कान्त राउत र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

विद्यालय शिलान्यास गर्दै मन्त्री मियाँले निर्माण कार्यको गुणस्तर र समयमै काम सम्पन्न गर्न आग्रह गरे।

शिलान्यास कार्यक्रममा नगर प्रमूख विरेन्द्र माझी जनमत पार्टी जिल्ला इन्चार्ज राम गमन साह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयहरूको उपस्थिती रहेकाे थियो ।

प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार ००:०५

तपाईको प्रतिक्रिया !