बिसरभोरामा दुर्गा मन्दिरकाे शिलान्यास गरियो

बिसरभोरामा दुर्गा मन्दिरकाे शिलान्यास गरियो
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८१ माघ ३०, बुधबार ०८:१५
बिसरभोरामा दुर्गा मन्दिरकाे शिलान्यास गरियो

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरामा मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज यादव, नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, केन्द्रीय सदस्य सन्जिब झाद्वारा संयुक्त रुपमा दुर्गा मन्दिर निर्माणकाे लागि शिलान्यास गरेको छ ।

शहिदनगर नगरपालिकाको वडा नं. ८ बिसरभोरामा धनुषा क्षेत्र नं. २ मा मन्त्री यादव, पूर्वमन्त्री अरगरिया र नेता झाले दुर्गा मन्दिर निर्माणका लागि शिलान्यास गरेका छन् ।

शुभ साईतमा विभिन्न पार्टीका नेताकार्यकर्ता तथा सर्वसाधारण सहितकाे उपस्थितिमा एक कार्यक्रमबिच मन्त्री यादव, पूर्वमन्त्री अरगरिया र नेता झाले विधिवत रुपमा पुजापाठ गरि शिलान्यास गरेका हुन ।

मन्दिरको यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गरी स्थानीयबासीका लागि खुला गरिने जनाईएको छ ।

प्रत्येक वर्ष असाेज महिनामा मनाइने बिसरभोरामा दुर्गा पुजा तथा मेलाको लागि मन्त्री यादवले एक कार्यक्रमकाबिच बिधिवत मन्दीर निर्माणका लागि शिलान्यास गरेका हुन ।

मन्त्री यादवले हरेक समुदायको धर्म संस्कृतीलाई संरक्षण तथा सम्बधर्न गर्न सके मात्र मधेशको पहिचान सबल हुनेमा जोड दिँदै बिसरभोरामा मनाईने दुर्गा पुजाको लागी स्थायी पक्की दुर्गा मन्दीर निर्माणको घोषण गरे लगतै त्यसको शिलान्यास संगै त्यसमा लाग्ने आर्थीक खर्च सहयोग गर्ने घोषणा गरेका हुन् ।

दुर्गा मन्दिर शिलान्यास कार्यक्रममा शहिदनगर नगरपालिकामा रहेका, विभिन्न पार्टीका प्रतिनिधि, पार्टी कार्यकर्ता, शिक्षित वर्ग, युवा, महिला तथा सर्वसाधारणहरु उपस्थित रहेका थिए ।

कार्यक्रममा जग्गा दाता राकेश सिंह, क्षेत्रीय अध्यक्ष जयप्रकाश सुनरैत, वडा अध्यक्ष तनुकलाल कुसैयत, जीवन रोहितालगायत स्थानिय, बुधिजिबीहरुको सहभागी थियो ।

शिलान्यस कार्यक्रममा मन्त्री यादव यसक्षेत्रका विभिन्न बिकास संगै संस्कृतीलाई जोडदै जानुपर्ने भन्दै दुर्गा मन्दिर निर्माणको घोषणा गरेका थिए ।मन्दिर शिलान्यासका क्रममा मन्त्री यादवले कुनै पनि ठाउको धर्म र संस्कृतिले सो ठाउँको पहिचान जोगाउछ । मन्त्री यादवले भने धर्म र संस्कृति विर्सिदै गइरहेको अहिलेको अवस्थामा धर्म संस्कृति वचाउनु आफैमा चुनौती पूर्ण छ ।

मन्त्री यादवले हरेक समुदायको धर्म संस्कृतीलाई संरक्षण तथा संबर्धन गर्न सके मात्र मधेशको पहिचान सबल हुनेमा जोड दिँदै जाउखमा मनाईने दुर्गा पुजाको लागी स्थायी पक्की दुर्गा मन्दीर निर्माणको घोषण गरेर लगत्तै शिलान्यास समेत गरेको र त्यसमा लाग्ने आर्थीक सहयोग गर्ने भएका छन् ।

प्रकाशित मिति: २०८१ माघ ३०, बुधबार ०८:१५

तपाईको प्रतिक्रिया !