बलान बिहुलमा एचपीभी खोप अभियान सम्बन्धि अभिमुखीकरण

बलान बिहुलमा एचपीभी खोप अभियान सम्बन्धि अभिमुखीकरण
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ माघ १९, शनिबार २१:००
बलान बिहुलमा एचपीभी खोप अभियान सम्बन्धि अभिमुखीकरण

राजविराज : सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकामा मुलुकभरी संचालन हुन गई रहेको एचपीभी खोप अभियान सम्बन्धि गाउँपालिका स्तरीय खोप समन्वय समितीको अभिमुखीकरण कार्यक्रम सम्पन भएको हो।

गाउँपालिकामा माघ २३ देखी फागुन ६ गते सम्म संचालन हुने एचपीभी खोप अभियानबारे जानकारी दिने उद्देश्यले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी सहभागीतामा अभिमुखीकरण कार्यक्रम भएको स्वास्थ्य सह—संयोजक पवन कुमार यादवले बताए।

बलान बिहुल गाउँपालिका स्वास्थ्य संयोजक मोहम्द खालिद राइनले भने पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी अभियान चलाउन लागिएको बताए।

बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले नेपालमा क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर पनि एक कारण देखिएकोले भन्दै खोप अभियान सफल बनाउन सघन रुपमा प्रचालित हुन स्वास्थ्यर्मीलाई निर्देशन दिदैँ प्रचारप्रसारमा सञ्चारकर्मीहरु समेतलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

जिल्ला खोप समन्वय समिती सप्तरीले गत शुक्रबार ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरी खोप अभियान चलाउन लागिएको सार्वजनिक गरिएको छ। जिल्लामा एचपीभी खोप अभियान संचालनका लागी ४ सय ५० खोप केन्द्र कायम गरिएको र यसमा १ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएकोछ।

प्रकाशित मिति: २०८१ माघ १९, शनिबार २१:००

तपाईको प्रतिक्रिया !