मधेश आन्दोलनका शहीद महतोको सालिकमा अध्यक्ष डा.राउतले गरे माल्यार्पण

मधेश आन्दोलनका शहीद महतोको सालिकमा अध्यक्ष डा.राउतले गरे माल्यार्पण
मधेशपत्र मधेशपत्र २०८१ माघ ५, शनिबार २२:०२
मधेश आन्दोलनका शहीद महतोको सालिकमा अध्यक्ष डा.राउतले गरे माल्यार्पण

जनकपुरधाम : मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको छ।आज १८ औं बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोसहितका शहीदहरूको सालिकमा नेताहरूले माल्यार्पण गरेका छन् ।

लहानस्थित शहीद चोकमा रहेको सालिकमा जनमत पार्टीका संघिय परिषद अध्यक्ष तथा संगठन विभाग प्रमुख  डा.जयकान्त राउतसहित जनमतका नेताकार्यकर्ताहरुले माल्यार्पण गरेका हुन् ।

त्यसैगरी जनमत पार्टी सिरहाले लहानमा बलिदानी दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा संगठन विभाग प्रमुख डा.राउत,वन तथा वातावरण मन्त्री त्रिभुवन साह,जनमत पार्टीका राष्ट्रिय सचीव संजयकुमार यादवसहितका नेताकार्यकर्ताले पनि रक्तदान गरेको छ।

महतो मधेश आन्दोलनका प्रथम शहीद हुन् । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । उनको मृत्यु भएसँगै आन्दोलन चर्किएको थियो ।

त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई मधेश केन्द्रित दलहरूले बलिदान दिवसका रूपमा मनाउने गरेका छन् ।

जनमत पार्टीले वडा स्तरमा विभिन्न कार्यक्रम गरि १८ औं बलिदानी दिवस मनाइएको छ।

प्रकाशित मिति: २०८१ माघ ५, शनिबार २२:०२

तपाईको प्रतिक्रिया !