भीम रावलले टुंग्याए पार्टीको नाम

भीम रावलले टुंग्याए पार्टीको नाम
जयनाथ पण्डित जयनाथ पण्डित २०८१ माघ ४, शुक्रबार १०:०७
भीम रावलले टुंग्याए पार्टीको नाम

काठमाडौं : एमालेबाट निस्कासित नेता भीम रावलले आगामी दिनमा खोल्ने पार्टीको नाम टुंगो लगाएका छन् ।

रावलले बिहीबार ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी खोल्ने जानकारी गराएका हुन् ।

रावलले नयाँ पार्टी गठन प्रक्रिया भएको जानकारी दिँदै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।

उनका अनुसार पार्टीको वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ ।

प्रकाशित मिति: २०८१ माघ ४, शुक्रबार १०:०७

तपाईको प्रतिक्रिया !