जनमत पार्टीले बुधबार धोती दिवस मनाउने निर्णय

जनमत पार्टीले बुधबार धोती दिवस मनाउने निर्णय
मधेशपत्र मधेशपत्र २०८१ पुष १४, आईतवार १६:०१
जनमत पार्टीले बुधबार धोती दिवस मनाउने निर्णय

जनकपुरधाम : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय गरेको छ ।

आइतबार बसेको जनमत पार्टीको सचिवालय समिति बैठकले बुधबारका दिन जनमतले सबै जिल्लामा जिल्लास्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय गरेको हो ।

जनमतका प्रवक्ता डा.शरदसिंह यादवका अनुसार आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गरिनेछ ।

प्रकाशित मिति: २०८१ पुष १४, आईतवार १६:०१

तपाईको प्रतिक्रिया !