‘दृष्टिविहीनहरूका लागि आश्रयसहितकाे विद्यालय निर्माणमा प्रदेश सरकारले सघाउने’

‘दृष्टिविहीनहरूका लागि आश्रयसहितकाे विद्यालय निर्माणमा प्रदेश सरकारले सघाउने’
मधेशपत्र मधेशपत्र २०८१ पुष ८, सोमबार १६:२८
‘दृष्टिविहीनहरूका लागि आश्रयसहितकाे विद्यालय निर्माणमा प्रदेश सरकारले सघाउने’

जनकपुरधाम : मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आश्रयसहितकाे विद्यालय मधेश प्रदेशको राजधानी क्षेत्रमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका दृष्टिविहीनहरूकाे एक समूहसँगकाे भेटमा मुख्यमन्त्री सिंहले आश्रयसहितकाे विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताए ।

“जनकपुरधाममा गुठीकाे जग्गा छ । गुठीकाे जग्गाप्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपांगता भएकाहरूका लागि सञ्चालित कुनै संस्थाकाे भवनमा दृष्टिविहीनहरूका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर साेच्नुपर्छ,” मुख्यमन्त्री सिंहले भने ।

उनले दृष्टिविहीनहरूकाे कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने पनि जनाए ।

मुख्यमन्त्री सिंहसँगकाे भेटमा दृष्टिविहीनहरूले आफूहरूकाे बास र लेखपढ व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारहरूले सुनुवाइ नगरेकाे गुनासाे गरे ।

प्रकाशित मिति: २०८१ पुष ८, सोमबार १६:२८

तपाईको प्रतिक्रिया !