जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिटप्रति मुख्यमन्त्री सिंहको आपत्ती

जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिटप्रति मुख्यमन्त्री सिंहको आपत्ती
मधेशपत्र मधेशपत्र २०८१ पुष ७, आईतवार १६:४०
जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिटप्रति मुख्यमन्त्री सिंहको आपत्ती

जनकपुरधाम : कीर्तिपुर मैदानमा जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिटप्रति मधेस सरकारले आपत्ती जनाएको छ ।

एनपीएल खेलको अन्तिम परिणामपछि कीर्तिपुर मैदानमा जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिटप्रति मधेस सरकारले आपत्ती जनाएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले एक विज्ञप्ती जारी गर्दै घटनाप्रति आपत्ती जनाएका हुन् ।

कीर्तिपुर मैदानमा एनपीएलको अन्तिम खेलपछि केही अराजक र उपद्रवी समूहले जनकपुर बोल्टस्‌का समर्थकमाथि गरेका सांघातिक आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।

खेलकुद प्रतिस्पर्धालाई निहुँ बनाएर एउटा पक्षले अर्को पक्षलाई साम्प्रादायिक रुपले भौतिक आक्रमणलगायत दुव्यवहार गर्नु निन्दनीय भएको उनको टिप्पणी छ ।

मुख्यमन्त्री सिंहले निश्चित समुदायलाई लक्षित गरी अवाञ्छित तथा अनर्गल टिकाटिप्पणी गर्नेमाथि कारवाही गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: २०८१ पुष ७, आईतवार १६:४०

तपाईको प्रतिक्रिया !