उद्यमी प्रवर्द्धनका लागि मधेश सरकारले स्टार्टअप योजना ल्याउने

उद्यमी प्रवर्द्धनका लागि मधेश सरकारले स्टार्टअप योजना ल्याउने
मधेशपत्र मधेशपत्र २०८१ मंसिर ९, आईतवार १३:२९
उद्यमी प्रवर्द्धनका लागि मधेश सरकारले स्टार्टअप योजना ल्याउने

जनकपुरधाम: जनकपुरधाममा “उद्यमशील संस्कृति, राष्ट्रिय समृद्धि” भन्ने मूल नाराका साथ १० औं उद्योग दिवस भव्यताका साथ मनाइएको छ ।

आइतबार जनकपुरधास्थित जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाद्वारा १० औं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रम भव्यताका साथ मनाइएको हो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अली मियाँले प्रदेशका उद्योगी व्यवसायीलाई प्रवद्र्धन तथा प्रोत्साह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले उद्योगलाई प्रवद्र्धन तथा उद्योगी व्यवसायीलाई प्रोत्साह मधेश सरकारले पनि स्टार्टअप कार्यक्रमको योजना बनाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संघले उपलब्ध गराए जति रकम उपलब्ध गराउन प्रदेशले नसके पनि केही रकम उपलब्ध गराएर उद्योगीलाई सहयोग गर्नेछ । जसले गर्दा उद्योगी व्यवसायीहरुलाई उद्योग सञ्चालनमा सहयोग मिल्ने छ ।”

मन्त्रीले प्रदेशका उद्योगलाई चलायमान र अग्रसर बनाउन विज्ञसँगको सुझावमा उद्योग सञ्चालन गर्ने योजना प्रदेश सरकारको रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“थुप्रा उद्योग बन्द भइरहेका छन् र कतिपय बन्द हुने तदारमा छन् त्यसकारण पनि विज्ञको अवश्यकता देखिएको हुँदा प्रदेश सरकारले विज्ञ राखेर उद्योग सञ्चालन गर्ने योजना समेत रहेको छ ।”

मन्त्री मियाँले प्रदेशमा औद्योगिक विकासलाई द्रुतगतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको जिकीर गर्नुहुँदै उहाँले भन्नुभयो,“मधेश प्रदेशको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलताको विकास अत्यन्त आवश्यक छ । यसका लागि प्रदेश सरकार नीतिगत सुधार र सहकार्यका लागि तत्पर छ ।”

यस्तै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले उद्योगले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा उद्योग सञ्चालन शान्तीपूर्ण वातावरणको प्रत्याभूति गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“उद्योग सञ्चालनका लागि शान्तीपूर्ण वातावरण सृजना गर्ने जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी हो, त्यसकारण शान्ती सुरक्षाको मामिलामा उद्योग व्यवसायीले बिचलिन नहुनुहोला, सुरक्षा दिन प्रशासन तत्पर रहनेछ ।”

उद्योग दिवसका अवसरमा उद्यामी शाकाहार भान्सा परिकार उद्योगकी सञ्चालक प्रमसिला देवी र आर पि सर्फ एण्ड साबुल उद्योगका सञ्चालक सरोजकुमार साहलाई सम्मानित गर्दै स्थानीय उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना र आत्मनिर्भरताको महत्वमाथि चर्चा हुनुपर्ने कार्यक्रमका वक्ताहरुले बताउनुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सन्तोषकुमार साहले छरिएर रहेका अनौपचारिक अर्थतन्त्रलाई औपचारिक तन्त्रमा परिणत गर्ने नाराको मूल उदेश्य रहेको बताउनुभयो । औद्योगीहरुको लुप्त रहेको क्षमतालाई प्रोत्साहन गर्ने उदेश्यले उद्योग दिवस मनाइएको उल्लेख गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख साहको अध्यक्षतामा अयोजित उक्त कार्यक्रममा सहभागी उद्यमी तथा उद्योग वाणिजय संघका पदाधिकारीहरुले औद्योगीक क्षेत्रमा देखिएका चुनौतीहरू र सरकारबाट अपेक्षित सहयोगका विषयमा आफ्ना सुझाव राखेका थिए भने कर्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका जनकपुरधामका प्रमुख हस्तबहादुर राई, घरेलु तथा साना उद्योग कार्यालय धनुषाका लेखा अधिकृत सोनीकुमारी कर्ण, जनकपुरधाम उद्योग वाणिजय संघका सल्लाहकार बजरंग साह, वरिष्ठ उपाध्यक्ष मनोजकुमार साह, महासचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साह, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत तथा उद्योगी व्यवसायीसहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार १३:२९

तपाईको प्रतिक्रिया !