देशकाे आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै कांग्रेस

देशकाे आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै कांग्रेस
मधेशपत्र मधेशपत्र २०८१ मंसिर ६, बिहीबार १८:२०
देशकाे आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै कांग्रेस

काठमाडौँः नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा शुक्रबार छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

कार्यक्रम शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा हुनेछ ।

कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघसंस्थाका पदाधिकारीलगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: २०८१ मंसिर ६, बिहीबार १८:२०

तपाईको प्रतिक्रिया !