धमिनी माँ लघु उद्योगको वायु प्रदुषण नियन्त्रण गर्न स्थानीयको माग

धमिनी माँ लघु उद्योगको वायु प्रदुषण नियन्त्रण गर्न स्थानीयको माग
मधेशपत्र मधेशपत्र २०८१ मंसिर ५, बुधबार २२:१४
धमिनी माँ लघु उद्योगको वायु प्रदुषण नियन्त्रण गर्न स्थानीयको माग

सिरहा : सिरहाको गोलबजार नगरपालिका-४ स्थित श्री धमिनी माँ लघु उद्योगबाट निस्केको वायु प्रदुषण नियन्त्रण गर्नको लागि स्थानीयबासीले माग गरेका छन् ।

उद्योगबाट निस्केको कालो धुलोले स्थानीयबासीहरुको स्वास्थ्यमा गम्भीर समस्याहरु भैरहेकोले वायु प्रदुषण नियन्त्रण गर्नको लागि सामुहिक रुपमा स्थानीयबासीहरुले माग गरेको स्थानीयले बताए ।

बिगत ७ वर्षदेखि नियन्त्रण गर्नको लागि स्थानीयबासीले माग गरेका गर्दै आयेका छन् । महेश साहले संचालन गर्दै आइरहेको चामल उद्योगबाट २ किलोमीटरसम्म बासिन्दाहरुले वायु प्रदुषणको चपेटामा परेको स्थानीयहरु दुखेसो पोखेका छन् ।

सो प्रदुषणका कारण स्थानीय बासिन्दाहरुको स्वास्थमा समेत प्रत्यक्ष असर गरेको र गम्भीर बिमारीको सिकार भैरहेको हुदा तत्कालै सोहि उद्‌द्योगबाट सृजना भएको वायु प्रदुषण नियन्त्रण गर्नको लागि सरोकारवालाहरुलाई स्थानीयबासीले हारगुहार गरिरहेका हुन् ।

बिगतदेखी नै पटकपटक सरोकारवाला निकायलाई वायु प्रदुषण नियन्त्रण गर्नको लागि गुहार गरेपनी हालसम्म नियन्त्रणमा गर्न सकेनन् ।

स्थानीयहरुले उद्योगबाट निस्के कालो धुलो नियन्त्रण गर्न वडा कार्यलय ,गोलबजार नगरपालिका ,उद्योग वाणिज्य संघ गोलबजारसहितलाई ज्ञापनपत्रसमेत बुझाएको स्थानीयले बताएका छन ।

प्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार २२:१४

तपाईको प्रतिक्रिया !