कमला नदिमा ‘देवता मेला’ श्रद्धालुको घुइँचो

कमला नदिमा ‘देवता मेला’ श्रद्धालुको घुइँचो
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ३०, शुक्रबार १३:५०
कमला नदिमा ‘देवता मेला’ श्रद्धालुको घुइँचो

जनकपुरधाम : प्रत्येक वर्ष कात्तिक पूर्णिमामा धनुषा र सिरहा जोड्ने कमला नदीमा लाग्दै आएको देवता मेला आज पनि लागेको छ । मेलामा आएका श्रद्धालुहरूले ‘पापकी छय, धर्मकी जय’ भन्दै कमला नदिको पानीमा स्नान गरेका छन् । आज कमलामा नुहाए भूतप्रेतको भय नहुने जनविश्वास छ ।

मेलाको अवसरमा कमला नगरपालिकाले बिहीबार र शुक्रबार तथा सबैला नगरपालिकाले शुक्रबारका लागि सार्वजनिक बिदा दिएका छन् । त्यस्तै, मेलालाई लक्षित गरी दैनिक तीनपटक जनकपुरधाम-जयनगर सञ्चालन हुने रेल सेवा बढाएर बिहीबार र शुक्रबार दैनिक ७ पटक सञ्चालन गरिएको छ ।

मेलामा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुरका साथै भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो संख्यामा श्रद्धालुहरू कमला स्नानका लागि पुगेका थिए ।

कमलामा स्नान गर्न आएको श्रद्धालुहरुले कमला नदीमा स्नान गर्नु वर्षौंदेखिको पुरानो परम्परा रहेको बताउँछन् । जानकी मन्दिरका महन्थ सुरकिशोर दासले नयाँ जनकपुर खोजी गरेपछि कमलामा स्नान गर्ने परम्परा सुरु भएको उनको भनाइ छ ।

प्रकाशित मिति: २०८१ कार्तिक ३०, शुक्रबार १३:५०

तपाईको प्रतिक्रिया !