धाँती बजारमा फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा इटहरी विजयी

धाँती बजारमा फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा इटहरी विजयी
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ कार्तिक २२, बिहीबार ०९:३३
धाँती बजारमा फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा इटहरी विजयी

राजबिराज : सप्तरीको सुरुङ्गा नगरपालिका-८ धाँती बजारमा बुधबारबाट माँ मुसहनियाँ युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरू भएको छ ।

प्रतियोगिताको उद्घाटन नगरप्रमुख गिता चाैधरीले गर्नुभएको थियो।बुधबार भएको उद्घाटन खेल शान्ति युथ क्लब ईटहरी र सप्तरीको नमोबुद्ध युवा क्लब मझौबिच भएको हो। निर्धारित समय भित्र कुनैपनि टिमले गोल गर्न नसकेपछी खेल पेनाल्टीमा गएको थियो। पेनाल्टी सुटमा पनि दुवै टोलीले बराबर गोल गरेपछी गोलाप्रथाद्वारा इटहरी टिम विजयी भएको हो।

कार्यक्रममा अतिथिहरूमा वडा नम्वर -८ का वडा अध्यक्ष श्याम प्रसाद साह, १० का चन्द्र नारायण यादव (धनराज) ११ का रामकुमार चौधरी,नगरप्रवक्ता शिवदर्शन पासवान, पुर्व नगरप्रमुख मुक्तिनाथ चौधरी, पूर्व उपप्रमुख बिन्दा कुमारी पासवान,भगवानपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरी,जनता गरहाई माध्यमिक विद्यालय बलान बिहुलका प्रधानाध्यापक किसुन यादव, धाँतीका प्रहरी चाैकी प्रमुख प्रहरी सहायक निरीक्षक सर्फलाल यादव,सशस्त्र प्रहरी बल कुसहाका प्रहरी नायब निरीक्षक ख्याम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको लागि प्रथम पुरस्कार पटरबा निवासी ॐ साई साईराम कन्ट्रक्सन सातदोबाटो, ललितपुरका संचालक विजय साहले ५५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय पुरस्कार मलहनमा निवासी भौतिक योजना तथा निर्माण मन्त्रालयका कोशी प्रदेशका सचिव अशोक साहले ३५ हजार ५ सय ५५ रुपैयाँ सौजन्य गरेको खेल संचालक समितिको अध्यक्ष आनन्द चौधरीले जानकारी दिनुभयो ।

सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग नकआउटको आधारमा हुने फुटबल प्रतियोगितामा कुल ८ टिमको सहभागितामा २१ कात्तिकबाट भई रहेको फाईनल खेल कार्तिक ३० गते हुने आयोजकले जानकारी दिएकाछन्।

प्रकाशित मिति: २०८१ कार्तिक २२, बिहीबार ०९:३३

तपाईको प्रतिक्रिया !