गैर आवासीय मधेशी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गैर आवासीय मधेशी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १९, सोमबार २३:४९
गैर आवासीय मधेशी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जनकपुरधाम : गैर आवासीय मधेशी संघको आयोजनामा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ।

गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय अध्यक्ष डा.श्यामबाबु महतोको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपककुमार साह रहेका थिए।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह छठ पर्वको शुभकामना दिदै मधेश सरकारको अगामी कार्ययोजनाहरुको बारेमा जानकारी गराए। गैर आवासीय मधेशी संघले विदेशमा गरिरहेको कामको प्रशंसा गर्दै मुख्यमन्त्री सिंहले उच्च मनोबलकासाथ विदेशमा समस्या परेकाहरुलाई सहयोग निरन्तर गर्न आग्रह गरेका छन् ।

गैर आवासीय मधेशी संघका प्रतिनिधिहरुले जुम अनलाइनको माध्यमले विदेशमा मधेशी श्रमिकहरुलाई भैरहेको समस्याहरुको विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराएको थिए।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपककुमार साहले कार्यक्रममा सहभागी गैर आवासीय मधेशी संघका प्रतिनिधिहरुलाई गम्छा र अबिरको टीका लगाएर सम्मान गरे।

जनताको अन्तिम आशाको किरणको रुपमा जनमत पार्टी रहेको उपाध्यक्ष ई.साहले बताए । पुराना दलका नेताकार्यकर्ताहरुको समाजप्रतिको हेर्ने दृष्टिकोण गलत रहेको भन्दै उपाध्यक्ष ई.साहले समाजलाई सहि दिशामा जनमत पार्टीले मात्रै पुर्याउने दाबी गरेका छन् ।

देशदेखी विदेशसम्म जनमतको संगठन मजबुत बनाउनुपर्नेमा वक्ताहरूले जोड दिए।

प्रकाशित मिति: २०८१ कार्तिक १९, सोमबार २३:४९

तपाईको प्रतिक्रिया !