जनकपुरमा कुकुर पूजा सम्पन्न

जनकपुरमा कुकुर पूजा सम्पन्न
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १५, बिहीबार ११:२३
जनकपुरमा कुकुर पूजा सम्पन्न

जनकपुरधाम : यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा मधेस प्रदेश प्रहरी कार्यालय केनाइन शाखा जनकपुरमा कुकुर पुजा गरेका छन् ।

बिहिबार बिहान जनकपुरमा आयोजित कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचर्यले शाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेका हुन् ।

कार्यक्रममा शाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा अपराधी खोजी गर्ने कुकुरको पुजा गरेको छ ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धनुषाका प्रमुख भुवनेश्वर तिवारी,प्रहरी अधिकृतहरु,संचारकर्मीलगायत उपस्थितिमा पुजापाठ गरेका थिए।

प्रकाशित मिति: २०८१ कार्तिक १५, बिहीबार ११:२३

तपाईको प्रतिक्रिया !