मधेशको राजधानीलाई सफा राख्न मुख्यमन्त्री सिंहको आग्रह

मधेशको राजधानीलाई सफा राख्न मुख्यमन्त्री सिंहको आग्रह
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १४, बुधबार २२:५५
मधेशको राजधानीलाई सफा राख्न मुख्यमन्त्री सिंहको आग्रह

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशको राजधानी जनकपुरलाई सफा राख्न आग्रह गरेका छन् ।

बुधबार मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै यस्तो आग्रह गरेका हुन ।

मधेश प्रदेशका राजधानी जनकपुर धार्मिक, पौराणिक, सांस्कृतिक र पुरातात्त्विक सहर भएको सर्वविदित नै रहेको उनको भनाइ छ । पवित्र भूमि फोहोरको सहर भएको सर्वत्र चर्चा हुने गरेको उनले बताए ।

उनले ‘जनकपुर सहर, फोहोरको सहर’ रहेको आम जनमानसमा रहेको पाइएको बताए ।

सडकमा फोहोर थुपारिने भएकाले झन् चारैतिर नकारात्मक सन्देश गइरहेको भन्दै मुख्यमन्त्री सिंहले यो विकृतिलाई रोक्नुपर्ने बताए ।

उनले भने, ‘दीपावली, छठसहित विवाह महोत्सव आइरहेका छन् । जहाँ लाखौं भक्तजनहरू आउँछन् । त्यसकारण पवित्र भूमिलाई स्वच्छ बनाउन हामी सबैले संकल्प लिनुपर्छ । सबैले हातेमालो गरेमा यो सम्भव हुनेछ ।’

मुख्यमन्त्री सिंहले सम्बन्धित ठाउँमा मात्रै फोहोर राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०८१ कार्तिक १४, बुधबार २२:५५

तपाईको प्रतिक्रिया !