डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १३, मंगलवार २१:३८
डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

काठमाडौँ : नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ)लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गत आइतबार बसेको बढुवा समितिको बैठकले राणा र ह्योजुको नाम सिफारिस गरेको थियो। बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन्। प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत छन्।

प्रकाशित मिति: २०८१ कार्तिक १३, मंगलवार २१:३८

तपाईको प्रतिक्रिया !