इन्जिनियरिंग सर्वे समूहतर्फको परीक्षामा सबै अनुत्तीर्ण

इन्जिनियरिंग सर्वे समूहतर्फको परीक्षामा सबै अनुत्तीर्ण
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १३, मंगलवार ११:४५
इन्जिनियरिंग सर्वे समूहतर्फको परीक्षामा सबै अनुत्तीर्ण

जनकपुरधाम : मधेश प्रदेशको प्रदेश लोक सेवा आयोगले नापी अधिकृतका लागि लिएको लिखित परीक्षामा सबैजना अनुत्तीर्ण भएका छन् ।

२०७९ साल मंसिर २५ गते प्रदेश लोकसेवा आयोगले इन्जिनियरिंग सर्वे समूहतर्फ नापी अधिकृतका लागि लिएको लिखित परीक्षामा सो परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये कोही पनि अनुत्तीर्ण भएको एक सूचना प्रकाशित गरी जनाएको छ।

ADVERTISEMENT

इन्जिनियरिंग सर्वे समूहका लागि प्रदेश लोक सेवा आयोगले दरखास्त आह्वान गरेकोमा १७ जनाले फर्म भरी परीक्षार्थी सहभागी भएका थिए ।

जसमध्ये ६ जना लिखित परिक्षामा सहभागी भएका मधेशको प्रदेश लोक सेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले बताए । आयोगले लिखित परीक्षाको नतिजा २०८१ कातिक ९ गते प्रकाशित गरेको थियो ।

सहभागी परिक्षार्थीहरुमध्ये कोही पनि लिखित परिक्षामा उतीर्ण हुन नसकेपछि आयोगले फेरि दरखास्त आह्वान गरिने भएको छ।

प्रकाशित मिति: २०८१ कार्तिक १३, मंगलवार ११:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !