रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १०, शनिबार ०९:५१
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ।

शनिबार दिउँसो १ बजे चःमतिस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको औपचारिक बैठक हुने रास्वपाले जनाएको छ।

शुक्रबार बसेको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसारस शनिबार बैठक बोलाइएको हो।

बैठकमा छलफलका लागि तीन विषय तोकिएको छ।

समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदेश र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको नियमित गतिविधि ठप्प भएको थियो।

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नेताहरू पोखरामा आन्दोलनमा केन्द्रीत थिए।

अहिले आन्दोलन पोखराबाट काठमाडौंकेन्द्रीत गरेको छ। आजको बैठकले आन्दोलनको स्वरूपबारे पनि छलफल गर्ने रास्वपाले जनाएको छ।

प्रकाशित मिति: २०८१ कार्तिक १०, शनिबार ०९:५१

तपाईको प्रतिक्रिया !