रविका पार्टनर छविलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति

रविका पार्टनर छविलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक २, शुक्रबार १९:०३
रविका पार्टनर छविलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछानेका तत्कालीन ‘बिजनेस पार्टनर’ छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन ।

असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक २, शुक्रबार १९:०३

तपाईको प्रतिक्रिया !