मुख्यमन्त्री सिंहद्वारा मैथिली विकास कोषको निर्माणाधीन भवनको अनुगमन

मुख्यमन्त्री सिंहद्वारा मैथिली विकास कोषको निर्माणाधीन भवनको अनुगमन
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १, बिहीबार १९:१३
मुख्यमन्त्री सिंहद्वारा मैथिली विकास कोषको निर्माणाधीन भवनको अनुगमन

जनकपुरधाम : मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली विकास कोषको निर्माणाधीन भवनको अनुगमन तथा निरीक्षण गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका – ८ बलवाटोलस्थित निर्माणाधीन भवनस्थलको मुख्यमन्त्री सिंहले अनुगमन तथा निरिक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहसँगै कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरीलगायतको सहभागी थियो ।

प्रदेश सरकारको सात करोड लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माणाधीन भवनमा सांस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत रहने जनाइएको छ ।

कोषले दुई वर्षको अन्तरमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएको छ । कोषले गत तीन वर्षयता मासिक कथा एवं कवि गोष्ठी आयोजना गरिरहेको छ । मैथिली भाषा एवं साहित्यसँग सम्बन्धित १० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको कोषले ५१–५१ हजार राशिको पुरस्कारसमेत स्थापना गरेको छ ।

प्रकाशित मिति: २०८१ कार्तिक १, बिहीबार १९:१३

तपाईको प्रतिक्रिया !