बेपत्ता भएका सोनार मृत फेला

बेपत्ता भएका सोनार मृत फेला
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १, बिहीबार १९:००
बेपत्ता भएका सोनार मृत फेला

वीरगन्ज : बेपत्ता भएको चार दिन पछि वीरगन्जका एक पुरुष बारामा मृत भेटिएका छन् ।

वीरगन्ज महानगरपालिका ३ छपकैया निवासी २६ वर्षीय वीरेन्द्र साह सोनार मृत अवस्थामा भेटिएका हुन् ।

बाराको प्रसौनी गाउँपालिकास्थित गण्डक नहरको किनारमा उनको शव फेला परेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले पुष्टि गरे ।

उनका अनुसार सोनार असोज २७ गतेदेखि वीरगन्जबाट बेपत्ता भएका थिए । बेपत्ता सोनारको खोजतलासका क्रममा आज बिहान उनको शव फेला परेको प्रहरी भनाइ छ ।

गण्डक नहरको त्रिवेणी पुल नजिक शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको बारा प्रहरीले जनाएको छ ।

फेला परेको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको बारा प्रहरीले जानकारी दिएको छ ।

सोनारको हत्या भएको हो वा हैन यसबारे पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ कार्तिक १, बिहीबार १९:००

तपाईको प्रतिक्रिया !