बाढीपीडितलाई नगद सहयोग

बाढीपीडितलाई नगद सहयोग
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २२, मंगलवार १६:४८
बाढीपीडितलाई नगद सहयोग

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।

विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिकाभित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबारदेखि नगद सहयोग हस्तान्तरण सुरु गरेको हो ।

उक्त बाढीपीडितलाई प्रति परिवार रु १५ हजारको दरले नगद हस्तान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बराहक्षेत्र नगरपालिकाका वडाकार्यालयको सिफारिसका आधारमा एक हजार एक सय ४५ घरधुरीलाई विश्व खाद्य कार्यक्रम र सेवक नेपालमार्फत नगद सहयोग हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख कार्कीले भन्नुभयो, “केही दिन अगाडिको भारी वर्षासँगै बाढीमा परेका परिवारलाई यो सहयोगले केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।”

प्रकाशित मिति: २०८१ आश्विन २२, मंगलवार १६:४८

तपाईको प्रतिक्रिया !