बलरामा जनमत पार्टीको प्रर्दशन

बलरामा जनमत पार्टीको प्रर्दशन
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २२, मंगलवार १३:२५
बलरामा जनमत पार्टीको प्रर्दशन

सर्लाही : सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बलरा नगरपालिकामा मेयर रामाशंकर प्रसाद कुशवाहाले बाढी पीडितको राहतमा आफूखुसी गरेको भन्दै सोमबार जनमत पार्टीले नगरपालिकाको कार्यालय घेराउ गर्नुका साथै प्रदर्शन गरेको छ ।

गत असोज १२ गते बागमती नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयले समस्या खेपेका थिए । समस्यामा परेकालाई राहत वितरण गर्नुपर्नेमा मेयर कुशवाहाले अफूखुसी राजनीतिक पहुँचको आधारमा राहत वितरण गरेको भन्दै जनमतले नगरपालिका कार्यालय घेराउ तथा प्रदर्शन गरेको हो ।

जनमतका नेता कार्यकर्ताले राहत वितरणको सूची तथा आय–ब्यय सार्वजनिक हुनुपर्ने, राहत वितरणको अधिकार वडाध्यक्षलाई दिनुपर्ने, सर्वदलिय बैठक बसी राहत वितरण गर्नुपर्ने, राहत वितरणको छानविन हुनुपर्ने, वास्तविक बाढी पीडितलाई राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।

जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन यादवले बलरामा राजनीतिक पहुँचको आधारमा राहत वितरण हुनथालेपछि आफूहरुले कार्यालय घेराउ गरेको जानकारी दिए ।

तर बलरा नगरपालिकाका मेयर कुशवाहाले भने वास्तविक बाढी पीडितको तथ्यांक संकलन गरेर मात्र राहत वितरण भइरहेको दावी गरेका छन् । उनले जनमत पार्टीले राजनीतिक प्रतिशोधको साथसाथै राहतमा नै राजनीति गर्न खोजेको आरोप लगाए ।

राहत वितरणमा राजनीति हुँदा वास्तविक बाढी पीडित भने समस्यामा परेका छन् ।

असोज, २१ असोज – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बलरा नगरपालिकामा मेयर रामाशंकर प्रसाद कुशवाहाले बाढी पीडितको राहतमा आफूखुसी गरेको भन्दै आज जनमत पार्टीले नगरपालिकाको कार्यालय घेराउ गर्नुका साथै प्रदर्शन गरेको छ ।

गत असोज १२ गते बागमती नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयले समस्या खेपेका थिए । समस्यामा परेकालाई राहत वितरण गर्नुपर्नेमा मेयर कुशवाहाले अफूखुसी राजनीतिक पहुँचको आधारमा राहत वितरण गरेको भन्दै जनमतले नगरपालिका कार्यालय घेराउ तथा प्रदर्शन गरेको हो ।

जनमतका नेता कार्यकर्ताले राहत वितरणको सूची तथा आय–ब्यय सार्वजनिक हुनुपर्ने, राहत वितरणको अधिकार वडाध्यक्षलाई दिनुपर्ने, सर्वदलिय बैठक बसी राहत वितरण गर्नुपर्ने, राहत वितरणको छानविन हुनुपर्ने, वास्तविक बाढी पीडितलाई राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।

जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन यादवले बलरामा राजनीतिक पहुँचको आधारमा राहत वितरण हुनथालेपछि आफूहरुले कार्यालय घेराउ गरेको जानकारी दिए ।

तर बलरा नगरपालिकाका मेयर कुशवाहाले भने वास्तविक बाढी पीडितको तथ्यांक संकलन गरेर मात्र राहत वितरण भइरहेको दावी गरेका छन् । उनले जनमत पार्टीले राजनीतिक प्रतिशोधको साथसाथै राहतमा नै राजनीति गर्न खोजेको आरोप लगाए ।

राहत वितरणमा राजनीति हुँदा वास्तविक बाढी पीडित भने समस्यामा परेका छन् ।

प्रकाशित मिति: २०८१ आश्विन २२, मंगलवार १३:२५

तपाईको प्रतिक्रिया !