जापानका क्षेत्रीय विमानस्थलमा विस्फोटक सामग्री खोजी गरी सफा गरिने

जापानका क्षेत्रीय विमानस्थलमा विस्फोटक सामग्री खोजी गरी सफा गरिने
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १८, शुक्रबार १८:०२
जापानका क्षेत्रीय विमानस्थलमा विस्फोटक सामग्री खोजी गरी सफा गरिने

टोकियो : जापानका क्षेत्रीय विमानस्थलमा नफुटेको अवस्थामा रहेका यस्ता विस्फोटक सामग्री सफा गर्ने जापानका यातायात मन्त्रीले शुक्रबार बताउनुभएको छ ।

जापानले दोस्रो विश्वयुद्धका समय अमेरिकाले खसालेको बम दक्षिणको ट्याक्सीवेमा विस्फोट भएपछि जापानले यो घोषणा गरेको हो ।

यो उपकरण बुधबार युद्धको समयमा जापानी आत्मघाती पाइलट (कामीकेज)हरूको लागि पूर्व आधार शिविर रहेको मियाजाकी विमानस्थलमा विस्फोट भएको थियो ।

एएफपीले प्राप्त गरेको फुटेजमा कम्तीमा १० मिटर (३० फिट) सम्म माटोको मुस्लो हावामा उडेकोे देखिएको छ ।

घटनामा कोही पनि हताहत नभए पनि साँझसम्मका लागि उडान स्थगन गरिएको छ ।

यातायात मन्त्री टेट्सुओ साइतोले शुक्रबार पत्रकार सम्मेलनमा भन्नुभयो, “मियाजाकी विमानस्थल र अन्य विमानस्थलहरूमा चुम्बकीय साधनको प्रयोग गरी यस्ता खतरनाक वस्तु रहेको भेटिएमा खोजी गर्न सरकारले आदेश दिएको छ।”

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार सुरुमा सेन्दाई, फुकुओका र नाहाको क्षेत्रीय व्यापारिक हबका विमानस्थलहरूमा खोजी केन्द्रित हुनेछ।

स्थानीय सञ्चारमाध्यमका अनुसार युद्धकालमा जापानका कतिपय विमानस्थललाई सबै सैन्य सुविधाको लागि प्रयोग गरिएको थियो ।

असाही शिम्बुनका अनुसार सन् २०११ यता मियाजाकीमा विमानस्थलको पार्किङ एप्रोनमा पुनरुत्थानको क्रममा फेला परेको एक टनको उपकरणसहित तीनवटा बम फेला परेका छन् ।

दर्जनौं ‘कामिकेज’ विमानलाई आत्मघाती मिशनहरूमा पठाएको मियाजाकी विमानस्थल सन् १९४३ मा एक शाही जापानी नौसेना बेसको रूपमा सुरु भएको थियो । सन् १९४५ मा नागासाकी र हिरोशिमामा आणविक बम विस्फोट हुनुअघि अमेरिकी वायु सेनाले जापानका दर्जनौं शहरमा भारी बमबारी गरेको थियो ।

मार्च १९४५ मा मात्र एक रातमा टोकियो र वरपरका क्षेत्रमा लगभग एक लाख नागरिकहरू मारिएका थिए।

सेल्फ डिफेन्स फोर्सेजका अनुसार सन् २०२४ को अप्रिलसम्म जापानको सेनाले दुई हजार ३४८ वटा नफुटेका उपकरणहरू सुरक्षित रुपमा हटाएको थियो । यीमध्ये ४४१ ओकिनावाको दक्षिणी क्षेत्रमा रहेका थिए ।

प्रकाशित मिति: २०८१ आश्विन १८, शुक्रबार १८:०२

तपाईको प्रतिक्रिया !