जनमत पार्टीद्वारा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

जनमत पार्टीद्वारा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १३, आईतवार १६:०१
जनमत पार्टीद्वारा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं : बिहीबारदेखि भएको निरन्तर अविरल वर्षा र बाढीपहिरोका कारण देशभर भएको जनधनको क्षतिप्रति जनमत पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।

जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरदसिंह यादवले आइतबार प्रेस विज्ञप्ति जारी गरी बाढीपहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिँदै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

बिहीबारदेखिको निरन्तर अविरल वर्षा र बाढीपहिरोले देशभरमा १ सय १२ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन् ।

जनमतका प्रवक्ता डा.यादवले विपद व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

युद्धस्तरमा उद्धार कार्य गर्न तथा नागरिकहरुलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहत कार्यलाई थप सक्रियताको साथ अगाडि बढाउन समेत जनमत पार्टीले नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १३, आईतवार १६:०१

तपाईको प्रतिक्रिया !