सर्लाहीको सोती खोलाले बगाएर बालक बेपत्ता

सर्लाहीको सोती खोलाले बगाएर बालक बेपत्ता
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १२, शनिबार २३:०९
सर्लाहीको सोती खोलाले बगाएर बालक बेपत्ता

सर्लाहीः सर्लाहीको बागमती नगरपालिकास्थित सक्रौल टोलमा सोती खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बागमती नगरपालिका- ९ सक्रौल टोलका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतो रहेका प्रहरीले जनाएको छ ।

आज साँझ अविरल वर्षासँगै आएको भेल तर्ने क्रममा बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

घटनालगतै प्रहरी र स्थानीयले बालकको खोजी गरे पनि फेला पार्न नसकेको प्रजनाइएको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार २३:०९

तपाईको प्रतिक्रिया !