कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १२, शनिबार १८:००
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

सुनसरी : कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ। सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो।

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज विज्ञप्ति जारी गर्दै अहिले अपराह्ण ४:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए।

ADVERTISEMENT

अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उनले अनुरोध गरेका छन्।

सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले प्रतिसेकेन्ड पाँच लाख २१ हजार क्युसेक नाघेको छ। पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए।

यसका साथै सप्तरी र सुनसरीतर्फका नहरका चारै ढोका समेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार १८:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !