निरन्तर वर्षाले प्रभावित भएका परिवारलाई उद्घार गर्न इन्चार्ज मण्डलको आग्रह

निरन्तर वर्षाले प्रभावित भएका परिवारलाई उद्घार गर्न इन्चार्ज मण्डलको आग्रह
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८१ आश्विन १२, शनिबार १७:१२
निरन्तर वर्षाले प्रभावित भएका परिवारलाई उद्घार गर्न इन्चार्ज मण्डलको आग्रह

जनकपुरधाम : जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र कुमार मण्डलले बिहीबार रातिदेखि निरन्तर भैरहेको वर्षाका कारण प्रभावित भएका परिवारलाई उद्धार कार्यमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

धनुषा जिल्लाका विभिन्न स्थानहरुमा अविरल वर्षा कारण डुबानमामा परेका स्थानहरुमा जनधनको क्षति हुनबाट जोगाउन उद्धारकार्यमा लाग्न सबैलाई इन्चार्ज मण्डलले आग्रह गरेका हुन् ।

ADVERTISEMENT

उनले बाढी प्रभावितमा क्षेत्रका जनताको लागि आपतकालीन हेल्पलाइन नम्बरहरु सार्वजनिक गरेको छ।

जनमत पार्टी मधेश प्रदेश सदस्य रामपुकार यादव 981074945, दिपेन्द्र तेथवार यादव 9815713231, ब्रहमदेब महतो 9814884210, विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव 9804865698 र युवा जनमत संघ धनुषा अध्यक्ष देव महरा 9814891681 लगायतमा नम्बरमा सम्पर्क गर्न इन्चार्ज मण्डलले अपिल गरेका छन् ।

प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार १७:१२
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !