सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार

सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १०, बिहीबार २०:२७
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार

सुनसरी : कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बस खसेको छ ।

बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए ।

सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । बसमा १७ यात्री सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १०, बिहीबार २०:२७

तपाईको प्रतिक्रिया !