अर्थ तथा योजना समितिको सभापतिमा अनिता साह चयन

अर्थ तथा योजना समितिको सभापतिमा अनिता साह चयन
मधेशपत्र मधेशपत्र २०८१ आश्विन ४, शुक्रबार २२:०५
अर्थ तथा योजना समितिको सभापतिमा अनिता साह चयन

जनकपुरधाम: मधेस प्रदेशसभाअन्तर्गतको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी अनिताकुमारी साह चयन भएकी छन्।

प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन तोकेकोमा जनमत पार्टीकी साह सर्वसम्मत चयन भएकाे छ।

साह जनमत पार्टीकी समानुपातिक प्रदेशसभा सदस्य हुन्।

यसअघि यस समितिका सभापति जनमत पार्टीकै सांसद सतिशकुमार सिंह थिए। उनी मुख्यमन्त्री बनेपछि सो पद रिक्त भएको थियो।

 

प्रकाशित मिति: २०८१ आश्विन ४, शुक्रबार २२:०५

तपाईको प्रतिक्रिया !