संविधान विभेदपूर्ण छ , सच्चाउन आवश्यक छ : नेता यादव

संविधान विभेदपूर्ण छ , सच्चाउन आवश्यक छ : नेता यादव
मधेशपत्र मधेशपत्र २०८१ आश्विन ४, शुक्रबार १२:०८
संविधान विभेदपूर्ण छ , सच्चाउन आवश्यक छ : नेता यादव

भैरहवा : जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले संविधान विभेदपूर्ण रहेको बताउँदै यसलाई सच्चाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार जनमत पार्टी रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै यादवले संविधानले मधेसी समुदालयलाई विभेद गरेको बताए ।

उनले संविधानले नेपालमा रहेका चार वर्ण छत्तीस जातसबैलाई समेटिएको बताउँदै आएको भएपनि संविधानले पुरानै शासक वर्गलाईनै बढि अधिकार सम्पन्न बनाएको बताए ।

पछिल्लो समय संविधान संसोधनका नाममा भएका उपलब्धिहरुलाई समेत उल्टाउने दुई ठुला दलहरुले दुष्प्रयास गरिरहेको उल्लेख गर्दै पार्टीका राष्ट्रिय सचिव यादवले परिवर्तनलाई उल्याट्उने खोजे ठुलो आन्दोलन गर्ने चेतावनी समेत दिए ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री , मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने , प्रदेशको पुन सिमाङ्कन गर्नुपर्ने , प्रदेशलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनु पर्ने बताए ।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले अघि सारेको नौलो गठतन्त्रनै अबको विकास र सम्बृद्धिको मोडल हुने यादवले बताए ।

प्रकाशित मिति: २०८१ आश्विन ४, शुक्रबार १२:०८

तपाईको प्रतिक्रिया !