शहीद रामनारायण मण्डल (मुरबल) को २८ औं स्मृति दिवस मनाइयो

शहीद रामनारायण मण्डल (मुरबल) को २८ औं स्मृति दिवस मनाइयो
मधेशपत्र मधेशपत्र २०८१ आश्विन ४, शुक्रबार ०८:२९
शहीद रामनारायण मण्डल (मुरबल) को २८ औं स्मृति दिवस मनाइयो

विपिन यादव,जनकपुरधाम । शहीद रामनारायण मण्डल (मुरबल) को २८ औं स्मृति दिवस मनाइएको छ । धनुषाको शहीदनगर नगरपालिका ६ हरबारामा नेकपा एमालेले उनको स्मृति दिवस मनाएको हो ।

बिहिवार नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य संजीब झा, केन्द्रीय सदस्य सबिता यादव, प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला अध्यक्ष राजकिशोर यादव, क्षेत्रीय अध्यक्ष जयप्रकाश सुनरैतलगातका नेताहरु हरबारा पुगेर शहिद मुरबललाई सालिकमा फुलमाला अबिर चढाएर श्रद्धाञ्जली दिए । उनीहरुले शहिद मुडबलको योगदानको जति प्रसंशा गरेपनि कम हुने उल्लेख गरे ।

मण्डल जनप्रिय कम्युनिष्ट नेता थिए । उनी गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए ‌। तर २०५३ असोजमा विपक्षी दलका कार्यकर्ताले उनको हत्या गर्यो ।

मण्डलको मात्र होइन्, उनका जेठो छोरालाई समेत पोखरीमा फालेर हत्या गरियो । परिवारलाई नै सखाप पार्न खोज्दा मण्डलका श्रीमती फूलो कुमारी देवी र छोरा अपराजय विस्थापित भएका थिए ।

फूलो देवी र उनका अपराजयलाई एमाले अध्यक्ष केपी शर्मा ओली पाल्पामा लुकाएर संरक्षण दिएका थिए । उनै ओलीले गत वर्ष अचानक उनको घर पुगेका थिए । त्यहाँ पुगेर फूलो देवीलाई सांसद बनाउने वचन दिएका थिए ।

ओलीले फूलो देवीलाई सांसद बनाएर वचन पुरा गरिसकेका छन् । फूलोदेवी अहिले एमालेका मधेश प्रदेशकी समानुपातिक सांसद छिन् ।

शहीद रामनारायणको स्मृति दिवसमा एमालेका उपमहासचिव ज्ञवालीले भने, ‘रामनायायण कमरेडलाई हामीले प्रेमले मुरबल भन्दै थियौं । बिहिवार उहाँको २८ औं स्मृति दिवस मनाउदैछौं ।

शहिद मुरबलको योगदानको प्रशंसा गर्दै भने, ‘उहाँ जनतामा स्थापित जननेता हुनुहुन्थ्यो । उहाँ नेपाल लोकतान्त्रिक आन्दोलनको योद्धा हुनुहुन्थ्यो । लामो समय उहाँ जेल पर्नु भयो जेलमा अध्यक्ष केपि ओलीसंङ्ग गहिरो दोस्ती भयो । जेलबाट छुटेपछि उहाँ पार्टी निर्माणको लागि लाग्नु भयो । यो ठाउँलाई उहाँ बलियो लाल किला बनाउनु भयो । २०४९ सालको निर्वाचनमा ४७/४७ सिट जिताएर नेकपा एमालेलाई कसैले पराजित गर्न नसकिने शक्तिको रुपमा स्थापित गर्नु भयो । जनताको आँखाको नानी बनेर उहाँले यहा विकास निर्माण, यहाँको जनताको सुखदुःख उहाँ जनताको पिडा कम गर्न दिनरात खटनु भयो ।’ जनविरोधी र प्रतिक्रियावादीहरुले कमरेड मुरबलको ह’त्या गरेको आरोप लगाए ।

प्रकाशित मिति: २०८१ आश्विन ४, शुक्रबार ०८:२९

तपाईको प्रतिक्रिया !