भगवानपुर गाउँपालिकाले संविधान दिवस मनाइयो

भगवानपुर गाउँपालिकाले संविधान दिवस मनाइयो
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ आश्विन ३, बिहीबार २३:१७
भगवानपुर गाउँपालिकाले संविधान दिवस मनाइयो

भगवानपुर : सिरहाको भगवानपुर गाउँपालिकाले संविधान तथा राष्ट्रिय दिवस २०८१ मनाइको हो ।

दिवसको अवसरमा बिहिवार बेलुका गाउँपालिका कार्यालय अगाडि गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले नेपालको राष्ट्रिय झण्डात्तोलन तथा दिप प्रज्वलन गरि मनाएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सरकारले दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको थियो।

नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।

सो कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्थानीयको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०८१ आश्विन ३, बिहीबार २३:१७

तपाईको प्रतिक्रिया !