संबिधान संशोधनको माग गर्दै मधेश प्रदेशभरी जनमतको प्रदर्शन

संबिधान संशोधनको माग गर्दै मधेश प्रदेशभरी जनमतको प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८१ आश्विन ३, बिहीबार २२:५९
संबिधान संशोधनको माग गर्दै मधेश प्रदेशभरी जनमतको प्रदर्शन

जनकपुरधाम : संबिधान दिवसको अवसरमा संबिधान संशोधनको माग गर्दै जनमत पार्टीका नेताकार्यकर्ताहरुले मधेश प्रदेशका आठवटै जिल्लामा प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका केन्द्रिय निर्देशानुसार बिहिवार मधेश प्रदेशका राजधानी जनकपुरधामसहित मधेश प्रदेशका आठवटै जिल्लामा पार्टीका नेताकार्यकर्ताहरुले संबिधान संशोधनको ५ बुँदे माग राख्दै र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

जनमतका नेताकार्यकर्ताहरुले पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना गर ,प्रदेशको सीमाङ्कन सच्याउ ,भाषिक तथा जनसंख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर ,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर र सामाजिक लोकतन्त्र कायम गर भन्दै मधेश प्रदेशका जिल्लाहरुमा प्रदर्शन गरेका हुन।

यी मागहरु राख्दै मधेश प्रदेशका सप्तरी,सिरहा,धनुषा ,महोत्तरी ,सर्लाही ,रौतहट ,बारा र पर्सा पनि संबिधान संशोधनको लागी ५ बुँदे मागसहित बिरोध प्रदर्शन गरेको हो।

इन्चार्ज मण्डलले मधेशभरी अधिकार प्राप्तिका लागि  आन्दोलन चलिरहेको अवस्थामा जारी भएको संविधानलाई सबैले अझ स्विकार नगरेको हुँदा मधेशको माग संविधानमा उल्लेख गरी संशोधन गर्नुपर्ने उनले बताए।

उनले भने, ‘यस संबिधानलाई सबैको संविधान बनाउनको लागि संशोधन गरि सच्चियाउनु पर्ने आवश्यकता रहेको बताए ।’

प्रकाशित मिति: २०८१ आश्विन ३, बिहीबार २२:५९

तपाईको प्रतिक्रिया !